Logo

१२ भदौ, कामाठाडौं । विद्यालय शिक्षा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई थप सशक्त बनाएको छ ।

महासंघले बिहीबार ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालयमा धर्ना दिँदै आफ्ना मागहरू सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी दिएको हो । शिक्षक महासंघले विधेयकमा आफ्ना महत्त्वपूर्ण मागहरू सम्बोधन नभएको भन्दै प्रमुख राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा दबाबमूलक कार्यक्रम सुरु गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी ले माग पूरा नभई विधेयक संसदबाट पारित भए त्यसलाई संशोधन गराउन २०८१÷८२ को भन्दा ठूलो आन्दोलन गर्ने चेतावनी दिए।

आन्दोलनका कार्यक्रमहरू

शिक्षक महासंघले भदौ ११ गतेबाट प्रमुख दलका मुख्यालयमा दैनिक बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा धर्ना दिने कार्यक्रम सुरु गरेको छ। बुधबार नेपाली कांग्रेसको मुख्यालय सानेपामा धर्ना दिएका उनीहरूले बिहीबार एमाले मुख्यालय च्यासलमा धर्ना दिएका हुन् । महासंघले शुक्रबार नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित मुख्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको छ । शिक्षक महासंघको यो कदमले विधेयक पारित हुनुअघि नै सरकार र प्रमुख दलहरूमाथि दबाब बढाएको छ।


सम्बन्धित समाचार