Logo

१३ भदौ, काठमाडौं । महिनावारीका बेला छाउ बार्न घरदेखि टाढा त्रिपाल टाँगेर सुतेका तीन जनालाई पहिरोले पुरेर अछाममा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्  ।

पञ्चदेवल विनायक नगरपालिका–८ को सेलापानीस्थित चुरखोलीमा गए राति खसेको पहिरोमा परी ३५ वर्षीया निमा खनाल र सात वर्षीया कविता भण्डारीको मृत्यु भएको हो । घटनास्थल जिल्ला प्रहरी कार्यालय अछामबाट दुई घण्टा टाढा रहेकोले प्रहरीको टोली त्यसतर्फ लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर बोहोराका अनुसार, महिनावारी भएकी ३६ वर्षीया रत्ना भण्डारी आफ्नी छोरी कविता र छिमेकी निमा खनालसँगै त्रिपाल मुनि सुतेका थिए । रत्ना भण्डारीको टाउकोमा गम्भीर चोट लागेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै