Logo

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने तयारीमा रहँदा आज बिहानै मन्त्रिपरिषद्को बैठक बसेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणको पूर्वसन्ध्यामा बैठक बोलाएका हुन् । यस बैठकमा देशका समसामयिक विषयका साथै केही दिनभित्रै रिक्त हुन लागेको नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबारे पनि छलफल हुने सम्भावना छ।

हालका आईजीपी दीपक थापा भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । त्यसैले, अब नयाँ आईजीपीका प्रमुख दाबेदारको रूपमा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुबेर खापुङको नाम चर्चामा छ।


सम्बन्धित समाचार