प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ भदौ, काठमाडौं । नेपालमा आज दोस्रोपटक भूकम्पको झट्का महसुस भएको छ ।

दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

गोरखामा पनि भूकम्पको झट्का

आज बिहान मात्रै गोरखाको अजिरकोट गाउँपालिका–३, हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । यो सानो अवधिको बीचमा दुईवटा भूकम्पको झट्का महसुस भएको हो, जसले गर्दा सर्वसाधारणमा केही त्रास फैलिएको छ । विशेषज्ञहरूले सानो रेक्टर स्केलका यस्ता भूकम्पलाई ठूलो भूकम्पको आफ्टरसकको रूपमा पनि लिने गरेका छन् । यद्यपि, दुवै भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी भने प्राप्त भएको छैन ।

 

 

 

 


सम्बन्धित समाचार