Logo

१८ भदौ, विराटनगर । सरकारले किसानका लागि उपलब्ध गराएको अनुदानको मल कालोबजारी गर्न लुकाएको आरोपमा उदयपुरका एक व्यापारी पक्राउ परेका छन् ।

उदयपुरको कटारीमा रहेको आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले गत भदौ १२ गते चौधरीको पसलबाट २०० बोरा युरिया मल बरामद गरेको थियो । जिल्ला प्रशासन कार्यालयले यस विषयमा छानबिन समिति गठन गरेको थियो । सो समितिको प्रतिवेदनका आधारमा प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताएका छन् ।

पक्राउ परेका चौधरीमाथि ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ । बरामद भएको मल भने नगरपालिकाले वडामार्फत किसानहरूलाई वितरण गरिसकेको छ ।


सम्बन्धित समाचार