Logo

२५ फागुन, बारा । बारामा भएको बस दुर्घटनामा २३ जना घाईते भएका छन् भने दुई अवस्था गम्भिर रहेको छ । पथलैया–सिमरा सडकखण्ड अन्तर्गत हुलासमा आज दिउँसोे बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

वीरगन्जबाट नारायणगढतर्फ जादै गरेको ना५ख २१४८ बस साइकललाई जोगाउने क्रममा दुर्घटना भएको थियो । तिव्र गतिमा रहेको बस साइकललाई जोगाउन खोज्दा डिभाइडरमा ठोक्किएर अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बस दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल ल्याएका थिए । घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य छ ।गम्भिर घाइते हुनेमा पर्सा पटेर्वा सुगौली गाँउपालिकाकी ५० वर्षीया राजकुमारी राम र कलैया उपमहानगरपालिका वडा नं. २३ का ४५ वर्षीय नरेश पटेल रहेका छन् ।

रामको टाउकोमा गम्भिर चोट लागेको छ ।रामलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागी बयोधा मेडिसिटी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

यसैगरी अर्का गम्भिर घाइते पटेलसहित अन्यको अल्पाइन अस्पतामा उपचार भइरहेको छ । सामान्य घाइते भने उपचार गराएर घर फर्किएका छन् ।


सम्बन्धित समाचार