Logo

२९ भदौ, काठमाडौं । नेपालमा आइतबार २०६३ सालदेखि भदौ २९ गतेका दिन मनाइँदै आएको राष्ट्रिय बाल दिवस यस वर्ष पनि देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

नेपालले सन् १९९० सेप्टेम्बर १४ (२०४७ भदौ २९ गते) मा संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि अनुमोदन गरेको दिनलाई सम्झना गर्न उक्त मितिमा बाल दिवस मनाउने परम्परा शुरु भएको हो। यसअघि भने २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेका दिन बाल दिवस मनाइँदै आएको थियो।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट पारित बालअधिकार महासन्धि अनुमोदन गर्दै नेपालले बालबालिकाका हकलाई सुनिश्चित गर्ने वचनबद्धता जनाएको थियो। संविधानले समेत बालबालिकाको अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गर्दै बाल संरक्षण, बाल बचाउ, बाल विकास र बाल सहभागितामा जोड दिएको छ।

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा र सर्वांगीण विकासमा विशेष प्राथमिकता दिन राज्यलाई आग्रह गर्नुभएको छ। उनले बालमैत्री समाज निर्माणका लागि आवश्यक लगानी सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै