काठमाडौं, ६ असोज। यसअघि प्रधानमन्त्री र मन्त्रीहरूको शपथ समारोहमा अनुपस्थित रहेका सभामुख देवराज घिमिरे आज नवनियुक्त चार मन्त्रीको शपथ कार्यक्रममा सहभागी भएका छन् ।
शीतल निवासमा आयोजित समारोहमा उनको उपस्थिति विशेष रूपमा हेरिएको छ। आज शपथ लिने मन्त्रीहरूमा जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार छन् । शपथ समारोहमा सभामुखसहित प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
यद्यपि, शपथ समारोहमा कुनै पनि राजनीतिक दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरू भने सहभागी थिएनन्। यसले राजनीतिक दलहरूले अन्तरिम सरकारलाई हेर्ने दृष्टिकोणबारे संकेत गरेको छ।















