Logo

काठमाडौं, ६ असोज। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू ‘अपर्झट’ मन्त्री बनेको भन्दै अहिले नै धेरै नबोल्ने बताएका छन् ।

उनले विज्ञहरूको सुझाव लिएर मात्र काम गर्ने स्पष्ट पारेका छन् । शितल निवासमा शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठट्टाको शैलीमा भने, “म शिवजी भएको भए यसोयसो गर्छु भन्थेँ, अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ।” पुनले आफूलाई कुनै पनि सेवा–सुविधा नचाहिने भन्दै मन्त्रालयभित्रै बस्ने र खाने योजना सुनाए। “म मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो। मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइ खाने, त्यहीँ सुत्ने,” उनले भने।

उनको प्राथमिकता विज्ञान, प्रविधि र नवप्रवर्तनमा हुनेछ । उनले शिक्षा क्षेत्रमा सुधारका लागि प्राप्त हुने राम्रा सुझावहरूलाई ग्रहण गरेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।


सम्बन्धित समाचार