Logo

७ असोज, काठमाडौं । तीव्र गतिमा अघि बढिरहेको ‘रगासा’ नामक शक्तिशाली आँधी (सुपर टाइफुन) को जोखिम बढ्दै गएपछि हङकङ सरकारले सर्वसाधारणलाई तत्काल घर फर्केर सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

२३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हङकङतर्फ बढिरहेको यो आँधी अपरान्ह १२ बजेसम्म सहरबाट ४२० किलोमिटरको दूरीमा रहेको बताइएको छ। मौसम पूर्वानुमान गर्ने निकाय अब्जर्भेटरीले दिउँसो २ः२० बजे नै आँधीको खतरा संकेतलाई टी ३ बाट बढाएर टी ८ मा स्तरोन्नति गर्ने तयारी गरेको छ। यो संकेत बुधबार बिहानसम्म जारी रहन सक्ने अनुमान गरिएको छ । यसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लामो यात्रामा रहेका र बाहिरी टापुहरूमा रहेका मानिसहरूलाई तत्काल आफ्नो यात्रा सुरु गरी सुरक्षित स्थानमा पुग्न अनुरोध गरेको छ ।

प्रमुख कार्यकारी जोन लीले मंगलबारको बिग्रँदो मौसम, भारी वर्षा र आँधीबेहरीले खतरापूर्ण परिस्थिति निम्त्याउन सक्ने भन्दै सरकारको मुख्य प्राथमिकता ‘हङकङका सबै मानिसको सुरक्षा सुनिश्चित गर्नु’ रहेको बताएका थिए । यस शक्तिशाली आँधीले हङकङको जनजीवनमा ठूलो प्रभाव पार्ने सम्भावना रहेकाले आवश्यक सुरक्षा उपाय अपनाउन र सतर्क रहन सबैलाई सुझाव दिइएको छ।


सम्बन्धित समाचार