Logo

७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित आफ्नो निवासमा सार्वजनिक भएका छन् ।

भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली लामो समयदेखि सार्वजनिक रूपमा देखिएका थिएनन् । ओलीको निवासमा उनको पक्षका नेता–कार्यकर्ताहरू भेटघाट र फोटो खिच्न पुगेका छन्। यद्यपि, उनी सार्वजनिक भए पनि कुनै औपचारिक प्रतिक्रिया वा धारणा भने व्यक्त गरेका छैनन् । भदौ २३ गते सुरु भएको जेनजी विद्रोहमा गोली चलेपछि २४ गते आन्दोलनले उग्र रूप लिएको थियो। प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक क्षति भएको थियो, जसपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। प्रतिनिधि सभा विघटन भइसकेको छ र नयाँ सरकारले आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेको छ।


सम्बन्धित समाचार