Logo

१५ असोज,वीरगञ्ज  ।  सर्लाहीको हरिपुर्वा नगरपालिकामा माटोको ढिस्को खसेर चार जनाको मृत्यु भएको छ। आज बिहान माटो खनिरहेको बेला अचानक ढिस्को खसेको प्रहरीले जनाएको छ।

हरिपुर्वा नगरपालिका–१ स्थित हर्दी नदी किनारमा बिहान करिब ९:२० बजे माटो खन्ने क्रममा यो दुर्घटना भएको हो। सर्लाही प्रहरीका सहप्रवक्ता, प्रहरी निरीक्षक बलिष्टर सिंहका अनुसार, ढिस्कोले पुरिएर चार जना गम्भीर घाइते भएका थिए।

घाइतेहरूलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको भए पनि उपचारका क्रममा बिहान पौने ११ बजे चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए। मृत्यु हुनेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाका ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर, र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।

घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब २.५ किलोमिटर पूर्व पर्ने र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै