Logo

१६ असोज, काठमाडौँ । विजयादशमीको मुख्य दिन आज बिहान काठमाडौँ उपत्यकाका सडकहरू सुनसान जस्तै देखिएका छन्। दसैँ मनाउन उपत्यकाबाट बाहिरिनेहरूको संख्या धेरै भएको र यही रहनेहरू घरघरमै टीकाको तयारीमा व्यस्त रहेकाले सडकमा सवारीसाधनको चाप न्यून देखिएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान सवारी आवागमन न्यून प्रायः छ। तर टीका थाप्न आफन्तकोमा जानेहरूको चहलपहल दिन चढेसँगै बढ्ने अनुमान गरिएको छ।

कार्यालयको तथ्याङ्कअनुसार, दसैँको नवमीसम्म ६ लाख ११ हजार ५५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिसकेका छन्। यसले राजधानीमा मानिसहरूको उपस्थिति उल्लेख्य रूपमा घटेको देखाउँछ।

दशैँको मुख्य दिन घरपरिवारसँगको जमघट र टीकाप्रथाका कारण सहरको दैनिक चहलपहलमा एकदिनको विश्राम देखिएको हो।


सम्बन्धित समाचार