२३ असोज,वीरगञ्ज । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ पर्साको आयोजनामा वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ।
शिविरमा ६८ जना सशस्त्र प्रहरीहरुको आँखा परीक्षण गरिएको छ भने आवश्यकतानुसार चश्मा र औषधिहरू पनि निःशुल्क वितरण गरिएको संघका सदस्य राजन श्रीवास्तवले जानकारी दिए।
कार्यक्रम संघका सभापति भगवती चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। शिविरको उद्घाटन सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले आफ्नै आँखा परीक्षण गराउँदै गरेका थिए।
शिविरमा संघका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दिपिका श्रेष्ठ, महन्थ प्रसाद यादव, गणेश साह, उमेश गुप्ता, सुनिता नेपाल, समित कर्ण, बसन्त गुप्ता लगायतको उपस्थिति रहेको थियो।
शिविरमार्फत सशस्त्र प्रहरीहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै उनीहरूको आँखाको स्वास्थ्य जाँच तथा जनचेतना अभिवृद्धिमा सहयोग पुगेको आयोजकको विश्वास छ।

















