३१ असोज, काठमाडौँ। ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर सिक्स चरणको अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनायो। नेपालका दुई प्रमुख ब्याट्सम्यानले अर्धशतक प्रहार गरे — आसिफ शेखले ४१ बलमा ६९ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए।
ओपनर कुशल भुर्तेल १७ रनमा आउट भए भने आरिफ शेख ९ रनमै पेभिलियन फर्किए। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाउँदै तेज गति दिएको खेलमा लोकेश बमले १२ बलमै ३९ रनको विस्फोटक पारी खेल्दै टिमलाई २११ सम्म पु¥याए।
अब सामोआलाई जितका लागि २१२ रनको चुनौती छ। यदि नेपालले यो खेल जित्यो भने छनोट प्रतियोगिताको उपाधि समेत हात पार्नेछ।
साथै, नेपालले यसअघि नै ओमान र युएईसँगै शीर्ष तीन स्थान सुरक्षित गर्दै सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपको लागि स्थान सुरक्षित गरिसकेको छ।

















