५ कात्र्तिक, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तानमा सत्तामा रहेको अफगान तालिबानसँग दोहामा भएको सम्झौताको विवरण गोप्य रहने घोषणा गरेका छन् ।
उनले एआरवाई न्युज र जियो न्युजसँगको कुराकानीमा यस सम्झौताका बारेमा आफूले विस्तृत विवरण सार्वजनिक गर्न नसक्ने स्पष्ट पारेका छन् । रक्षामन्त्री आसिफले सम्झौता गोप्य रहने बताए पनि युद्धविरामसहित त्यसमा तीनवटा मुख्य बुँदा समावेश भएको जानकारी दिएका छन् ।
टीटीपी होइन, अफगान तालिबानसँग वार्ता
आसिफले पाकिस्तानले तहरिक (ए) (तालिबान पाकिस्तान (टीटीपी) सँग नभई, अफगानिस्तानमा शासन गरिरहेको अफगान तालिबानसँग वार्ता गरेको स्पष्ट पारेका छन् । हालैका दिनमा पाकिस्तानी सेना र अफगान तालिबान सेनाबीच भएका धेरै झडपहरू पछि यो युद्धविराम सम्झौता भएको थियो।
कतारको राजधानी दोहामा टर्की र कतारको मध्यस्थतामा वार्ता भएको थियो । ख्वाजा आसिफका अनुसार, यस सम्झौतालाई कार्यान्वयन गर्न अब टर्कीमा अर्को चरणको वार्ता हुनेछ ।
















