Logo

१६ कात्र्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले शनिबार मध्यरातमा सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा विवादास्पद स्टाटसले ठूलो बहस सिर्जना गरेको छ ।

स्टाटसमा प्रयोग गरिएका शब्दहरूमाथि आपत्ति जनाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न धारणा व्यक्त गर्न थालेका छन् । मेयर शाहले सो स्टाटसमा अश्लील शब्दको प्रयोग गर्दै छिमेकी मुलुकहरू चीन र भारत सहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको समेत नाम उल्लेख गरेका थिए । उक्त अभिव्यक्तिले मेयर शाहलाई विवादको घेरामा तानेको छ ।

जिम्मेवार पदमाथि प्रश्न

आश्चर्यको कुरा त यो छ कि मेयर बालेनका समर्थकहरूले समेत उनको उक्त पोस्टको आलोचना गरेको पाइएको छ । धेरैले महानगरपालिकाको मेयर जस्तो जिम्मेवार र गरिमामय पदमा रहेको व्यक्तिको यो अभिव्यक्तिलाई अमर्यादित र असंवेदनशील कदमको रूपमा लिएका छन् । स्टाटस पोस्ट भएको केही मिनेटमै हटाइएको भए पनि, त्यसको स्क्रिनसट व्यापक रूपमा फैलिएको छ ।

उक्त अभिव्यक्ति बारेमा सामाजिक सञ्जालमा अहिले पनि व्यापक बहस चलिरहेको छ । धेरै टीकाकारहरूले मेयरको यस वक्तव्यलाई कूटनीतिक मर्यादा विपरीत भएको जिकिर गरेका छन् । यद्यपि, केहीले यसलाई हास्यात्मक, ठट्यौलो वा प्रतीकात्मक रूपमा बुझेर फरक धाराणाहरू पनि बनाएका छन् ।


सम्बन्धित समाचार