Logo

१६ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको महाधिवेशन विवाद को आक्रोश अब सडकमा पोखिएको छ ।

नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताहरूको समूहले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् । युवा कार्यकर्ताहरूले पार्टी नेतृत्वलाई दबाब दिनका लागि पार्टी कार्यालयमा ताला लगाएर प्रदर्शनसमेत गरेका छन् । उनीहरूको मुख्य माग नियमित महाधिवेशनको सुनिश्चितता र महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता रहेको छ । युवाहरूले कांग्रेस ‘अनिर्णयको बन्दी’ बनेको भन्दै छिटो निर्णय लिन नेतृत्वलाई चेतावनी दिएका छन् ।

पटक–पटक स्थगित बैठकपछि आक्रोश

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक पटक(पटक स्थगित हुँदै आएपछि युवाहरूको धैर्य टुट्न पुगेको हो । शुक्रबारका लागि डाकिएको बैठक नबसी आजका लागि सारिएको थियो, तर आजको बैठक पनि नबसी मंगलबार ९कात्तिक १८ गते० का लागि सारिएपछि युवाहरूको आक्रोश चुलिएको हो ।

विरोधमा सहभागी विद्यार्थी नेता भुवन भट्ट ले केन्द्रीय समितिको बैठक बारम्बार स्थगित गरिएकाले बाध्य भएर कार्यालयमा ताला लगाउनु परेको जानकारी गराए ।


सम्बन्धित समाचार