१६ कात्र्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ ले निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त गरेको छ ।
मेयर साम्पाङ स्वयं आज निर्वाचन आयोगमा पुगेर पार्टी दर्ताको मान्यताको प्रमाणपत्र लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा नयाँ दलहरू दर्ता प्रक्रियामा रहेको बेला साम्पाङको पार्टीले पनि वैधानिकता पाएको हो । यससँगै अब श्रम संस्कृति पार्टीले राष्ट्रिय राजनीतिमा औपचारिक उपस्थिति जनाउने बाटो खुलेको छ ।
















