Logo

६ चैत,सेढवा । पर्साको उत्तरी क्षेत्र अन्र्तगत ग्रामीण भेगमा चैते धान ( हर्दिनाथ ) को रोपाई शुरु भएको छ ।

ठोरी, जिराभवानी, पटेर्वासुगौलीमा र सखुवाप्रसौनी गाउँपालिका त्यस्तै पर्सागढी नगरपालिकाको उत्तरी भेगमा चैते धान रोपाई शुरु भएको हो । फागुन महिनाको दोस्रो सातामा व्याडमा बिउ राखेर अहिले बिउ तयार भएको र रोपाई सुरु गरिएको हो ।

रोपाईको ९० औ दिनमा भित्र्याउन सकिने सो धानबाली प्रति कट्ठा ५ माना ( दुई क्वीन्टल ) उत्पादन हुने किसानले बताएका छन् । यो बाली असारको पहिलो सातामा भित्र्याईने भएकाले सो जग्गामा पूनः धानबाली लगाउन सकिने उनीहरुले बताएका छन् । चैते धानको भात स्वादिलो हुने र सोही जग्गा दुई पटक धानबाली गर्न मिल्ने भएकाले किसान यसतर्फ आर्कषित भएका छन् ।


सम्बन्धित समाचार