Logo

१९ कात्र्तिक, काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा ललितपुरको नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिनका लागि सिंहदरबारस्थित आयोगको कार्यालयमा पुर्‍याइएको छ ।

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पुर्‍याइसकिएको पुष्टि गरेका छन् । यो बयान खासगरी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानबिनसँग सम्बन्धित छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको यस जाँचबुझ आयोगले लामिछाने भदौ २४ गते नक्खु कारागारबाट बाहिर आएको विषयमा केन्द्रित रहेर बयान लिन लागेको हो । उक्त दिन लामिछानेले कारागारले सुरक्षा दिन नसक्ने भन्दै पत्र दिएपछि आफू बाहिर आएको बताएका थिए ।

आयोगले लामिछानेसँगै यस घटनाबारे उनकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल सँग पनि बयान लिने तयारी गरेको छ।


सम्बन्धित समाचार