२० कात्र्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करार सेवाका लागि विभिन्न पदमा जम्मा ४४ जना कर्मचारीको माग गरेको छ ।
महानगरको प्रशासन विभागले सूचना जारी गर्दै बागमती प्रदेश सरकारद्वारा जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र महानगरको सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी कार्यविधि, २०७९ बमोजिम योग्य नेपाली नागरिकहरूलाई आवेदन पेश गर्न आह्वान गरेको हो ।
माग गरिएका पदहरूमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक), १९ जना हलुका सवारी चालक र दुईजना कार्यालय सहयोगी रहेका छन् । योग्यता पुगेका इच्छुक आवेदकहरूले अबको १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ, जसको विस्तृत विवरण महानगरपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
















