२० कात्र्तिक, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ ।
आयोगले प्रचलित चारवटा ऐन (मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन आयोग ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनं) मा सुधार गर्नका लागि कानुनी रायसहितको दस्तावेज गृह मन्त्रालयमा पठाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुनमा बाटो खुलाउने गरी आवश्यक बुँदाहरू समेटेर राय पठाइएको हो । यससँगै, सरकारलाई अब अध्यादेशमार्फत ऐन संशोधन गर्ने बाटो खुलेको छ।
यद्यपि, प्रवक्ता भट्टराईले कानुनी व्यवस्था सकारात्मक भए पनि कुन ‘मोडालिटी’ बाट मतदान गराउने, कति खर्च लाग्ने जस्ता व्यावहारिक विषयहरू सरकारले थप टुङ्ग्याउनुपर्ने बताएका छन् ।
गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा केही देशबाट भए पनि मतदानको व्यवस्था सुरु गर्ने लक्ष्यसहित यो प्रक्रिया अघि बढाएको जनाइएको छ।















