२० कात्र्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा र्याली र सभाको आयोजना गरेको छ ।
मुलुकमा सर्वपक्षीय अन्तरिम सरकार गठनको माग गर्दै नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । यो प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ। जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यका साथ सभा आयोजना गरिएको नेकपाले जनाएको छ। पार्टीले आह्वान गरेको यस जनसभालाई नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।















