Logo

काठमाडौं । उच्च अदालतले सहकारी ठगीसम्बन्धी कसुरमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट सम्पूर्ण आदेश र फाइलहरू (मिसिल) झिकाउन आदेश गरेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले मिसिल अपुग भएको ठहर गर्दै थप फाइल झिकाएर मात्र अर्को पेशीमा सुनुवाइ गर्ने निर्णय सुनाएको हो । न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले जोशीका कानुन व्यवसायीले बहस सुरु गर्ने क्रममा उक्त निर्णय भएको हो । उक्त निर्णयसँगै लामिछानेको तर्फबाट बहस हुन नपाइ आजको सुनुवाइ स्थगित भएको छ र अर्को पेशीको मिति यकिन भएको छैन ।
लामिछानेले आफूमाथि लागेको बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । जसको सुनुवाइका लागि उच्च अदालतले जोशीको पनि एकै प्रकृतिको मुद्दा भएकाले एकसाथ राख्न यसअघि नै आदेश दिएको थियो ।


सम्बन्धित समाचार
भर्खरै