Logo

२७कात्र्तिक। काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुवरले यो जानकारी दिएका हुन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेलाई रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको सो आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

यसअघि, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा गत हप्ता भएको बहसपछि रविको मूल मुद्दाको प्रतिलिपि झिकाउने आदेश भएको थियो । उच्च अदालतमा लामिछानेको निवेदनसँगै सहकारी ठगीको अन्य मुद्दालाई पनि ुलगाउुमा राखेर हेरिएको छ । सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई सामूहिक रूपमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको थियो ।

द्यपि, लामिछानेले आफूमाथि लागेको बिगोको चार भागमध्ये आफ्नो भाग बराबरको एक भाग, अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ को बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । बिगो दाखिल गर्दा पनि जिल्ला अदालतले रिहा गर्न नमानेपछि यो मुद्दा उच्च अदालतमा पुगेको हो, जसको आज सुनुवाइ हुँदैछ ।


सम्बन्धित समाचार
भर्खरै