Logo

२७ कात्तिक,वीरगञ्ज । मधेस भवन गेट अगाडि आज बिहानदेखि मुख्यमन्त्रीको नियुक्ति र प्रदर्शनकारीमाथि भएको लाठीचार्जको विरोधमा प्रदर्शन सुरु भएको छ।

सात दलीय गठबन्धनका सांसद र कार्यकर्ताहरूले सडकमा बसेर नाराबाजी गर्दै “मुख्यमन्त्री नियुक्ति खारेज गर, संविधान मिच्न पाइदैन” जस्ता नारा लगाइरहेका छन्। प्रदर्शनमा कांग्रेस, माओवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी र एकीकृत समाजवादी लगायतका दलका कार्यकर्ताहरू सहभागी छन्।

मुख्यमन्त्री यादवलाई तत्कालीन प्रदेश प्रमुखले २३ गते असंवैधानिक रूपमा नियुक्त गरेको निर्णयको विरोधमा मधेसमा प्रदर्शन सुरु भएको हो। शपथग्रहणकै दिन मुख्यमन्त्री कार्यालयमा तोडफोड र कर्मचारीमाथि हातपात भएको घटनापछि स्थानीय जनता आक्रोशित बनेका छन्।

मुख्यमन्त्री गेट अगाडिको सडकमा सुरु गरिएको धर्नाले आवतजावतमा कठिनाइ उत्पन्न भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मी परिचालन गरेको छ।


सम्बन्धित समाचार
भर्खरै