२८ कात्तिक,वीरगञ्ज । पाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले तत्कालीन प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी र प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलद्वारा गरिएको कदमप्रति कडा आपत्ति जनाएका छन्।
सिंहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाट्स लेख्दै प्रदेश नेतृत्वद्वारा गरिएका गैरजिम्मेवार, गैरसंवैधानिक तथा अराजक गतिविधिले मधेश प्रदेशलाई अस्थिरतामा धकेल्ने मात्र नभई लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने खतरा रहेको बताएका छन्।
सिंहले भने, “संविधानविपरीत निर्णय र क्रियाकलापले प्रदेशको राजनीतिक वातावरणलाई दूषित बनाएको छ। लोकतन्त्र र संविधानको रक्षा गर्न सबै सचेत नागरिक एकजुट हुन आवश्यक छ।”
उनी सम्पूर्ण लोकतान्त्रिक दल, नागरिक समाज र लोकतन्त्रप्रेमी जनसमुदायलाई गैरसंवैधानिक गतिविधिविरुद्ध आवाज उठाउन आह्वान गर्दै आएका छन्। सिंहले मधेश प्रदेशमा संवैधानिक मर्यादा र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण सबैको साझा दायित्व भएको र अस्थिरता फैलाउने योजनाविरुद्ध व्यापक प्रतिरोध आवश्यक रहेको बताए।















