Logo

२८ कात्तिक,वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) पर्सा जिल्ला समिति र वीरगंज महानगर समितिको संयुक्त आयोजनामा अन्तर–विद्यालय स्तरीय “बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” शुक्रबार बीरगंज पब्लिक कलेजको नयाँ भवन, पानिटकीमा सम्पन्न भएको छ।

“Let All the National Private & Boarding Schools Be Unite” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिएका थिए। प्रतियोगिता क्विज मास्टर छेडुप लामाले सञ्चालन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले भने, “विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्छ। महानगरले शिक्षालाई गुणस्तरीय, अनुशासित र व्यवहारिक बनाउने उद्देश्यले निरन्तर सहयोग गर्दै आएको छ।”

प्रतियोगितामा पर्साका ११ विद्यालय सहभागी भएका थिए। विजेता विद्यालयहरू यस प्रकार रहेका छन्:

  • प्रथम: एन्जल इंग्लिस बोर्डिङ स्कुल

  • द्वितीय: विधा सदन इंग्लिस बोर्डिङ स्कुल

  • तृतीय: लर्ड बुद्ध स्कुल

विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। भोलि घन्टाघरस्थित क्लासिक बैंक्वेटमा हुने प्रदेशस्तरीय प्रतियोगितामा आजका उत्कृष्ट विद्यार्थीहरूले सहभागिता जनाउनेछन्।

कार्यक्रम नेसनल प्याब्सन पर्सा जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठ र महानगर समितिका नगर अध्यक्ष सोनालाल पटेलको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षाविद्, विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकको उल्लेखनीय उपस्थित रहेको थियो। कार्यक्रम सञ्चालन सुर्यानारायण बिकले गरेका थिए।


सम्बन्धित समाचार
भर्खरै