२९ कात्तिक,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको राजनीतिक स्थायित्व र विकासका लागि सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्ने बताएका छन्।
प्रेस चौतारी गुल्मी शाखाले आज तम्घासमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व भएको स्पष्ट पार्दै एमालेलाई आत्मबलका साथ पुनः ऊर्जाशील बनाउने, जनतासँग प्रत्यक्ष सम्पर्क गरेर उनीहरूको भावना बुझ्ने र पार्टीलाई सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान सुरु गरिएको बताए।
उनले हालैको जेनजी आन्दोलनमा घुसपैठ भएको र सुनियोजित तरिकाले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको दाबीसमेत गरेका छन्।
नेता ज्ञवालीले आगामी दिनमा पार्टीको नीति, उद्देश्य र संगठनलाई सबल बनाउँदै देशभर सकारात्मक राजनीतिक माहोल सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

















