Logo

३० कार्तिक, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जसपाबीच औपचारिक एकता वार्ता सुरु भएको छ ।

शनिबार माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दुवै पक्षबीच पहिलो चरणको वार्ता सम्पन्न भएको हो ।

एकता प्रक्रियालाई औपचारिकता दिन जसपाले संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। श्रेष्ठसहितका जसपा नेताहरू पेरिसडाँडा पुगेर नेकपासँग छलफलमा बसेका थिए ।

नेकपातर्फबाट वरिष्ठ नेता वर्षमान पुन, महासचिव देव गुरुङ र नेता प्रमेश हमाल वार्तामा सहभागी थिए। दुवै पक्षले एकताबारे सकारात्मक वातावरण रहेको बताउँदै आगामी दिनमा थप प्राविधिक तथा राजनीतिक पक्षमा विस्तृत छलफल गर्ने सहमति गरेका छन् ।

वार्ता सकिएपछि नेताहरूले एकता प्रक्रियालाई ‘स्वाभाविक, आवश्यक र सम्भावनायुक्त’ भन्दै निरन्तर संवाद जारी राख्ने बताएका छन् ।


सम्बन्धित समाचार
भर्खरै