Logo

३० कात्र्तिक, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एकै दिन छापावाल सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले घटेको हो । शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५० रुपैयाँले घटेर ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । विश्व बजारमा हुने उतारचढाव र विदेशी विनिमय दरको प्रभावले नेपालको सुनचाँदी बजारमा यस किसिमको ठूलो मूल्य अन्तर देखिएको हो ।


सम्बन्धित समाचार