Logo

३० कात्तिक,काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशत बढी हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११.९ प्रतिशतले वृद्धि भएको थियो। २०८२ असोज महिनामा विप्रेषण आप्रवाह २ खर्ब १ अर्ब २२ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब ४४ अर्ब १७ करोड भन्दा बढी हो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९, र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः संख्या १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ थियो।


सम्बन्धित समाचार