Logo

३० कात्र्तिक, काठमाडौं । नेपालको अर्थतन्त्रको प्रमुख आधार मानिने विप्रेषण ९रेमिट्यान्स० आप्रवाह चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (असोज महिनासम्म) मा उच्च वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३५ दशमलव ४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा निकै उत्साहजनक वृद्धि हो, जहाँ गत वर्ष ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो  ।

यस विशाल वृद्धिको पछाडि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा भएको उल्लेखनीय वृद्धि प्रमुख कारण रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेर ७७ हजार २५७ पुगेको छ ।

नेपाली मुद्रामा भएको यो वृद्धिसँगै अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २९ दशमलव २ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । तथ्याङ्क अनुसार, असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन मासिक रूपमा हालसम्मकै उच्च हो। गत वर्षको असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।


सम्बन्धित समाचार