Logo

९ चैत,वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रप्रकाश (सिके) राउतले अहिले पनि विभिन्न बहनामा तराई मधेसमा बसोबास गर्ने तमाम मधेसी जनताहरूमाथि विभेद हुँदै आएको बताउनुभएको छ ।

बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवम् आमसभामा अध्यक्ष डा.राउतले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाकी नराख्ने बताउनुभयो ।मधेसको विकासका र अधिकारका लागि साहदत प्राप्त गरेका मधेसी सहिदको सपना सकार हुने गरि जनमत पार्टीले काम गर्ने भन्नुहुँदै डा. राउतले अहिले सम्मको प्राप्त उपलब्धिलाई समाप्त गर्ने खेल भइरहेको बताउनुभयो ।

बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीले पनि उम्मेदवारी दिने उल्लेख गर्नुहुँदै उहाँले यहाँका जनताहरूले जनमत पार्टीलाई साथ दिनेमा आफु आसावादी रहेको बताउनुभयो । उहाँले मुलुकमा भ्रष्टाचार बढ्दै गएको हुँदा भष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गराउन, घर घरमा रोजगारीको सृजना गर्न एवम् किसानलाई सहुलियतमामा मलखाद उपलब्ध गराउनका लागि राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो ।

 


सम्बन्धित समाचार