Logo

३ मंसिर,वीरगञ्ज । बाराको सिमरा बजारमा स्थानीय युवा र नेकपा (एमाले) कार्यकर्ताबीच झडप भएपछि स्थिति थप तनावग्रस्त बन्दै गएको छ। सोही क्रममा आक्रोशित समूहले सिमरा विमानस्थलको मुख्य प्रवेशद्वार तोडफोड गरेको हो।

घटनास्थलमा दुई जना मात्रै प्रहरी तैनाथ रहेको अवस्थामा केही युवाहरू विमानस्थलको फलामे गेट बाहिरबाट धकेल्न थालेका थिए। प्रहरीहरूले भित्रबाट रोक्न खोजे पनि नियन्त्रणमा लिन नसक्दा गेट भाँचिँदै प्रहरीकै माथि खसेको जनाइएको छ। गेट भत्किएपछि केही युवाहरू विमानस्थल परिसरभित्र समेत प्रवेश गरेका थिए, तर केहीबेरमै सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकालेका थिए।

बाराको परवानीपुरमा आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली बारा जाँदै थियो। उनीहरू विमानस्थल आइपुग्ने सूचना सार्वजनिक भएपछि आक्रोशित युवाहरूले गेट फुटाउँदै भित्र प्रवेश गरेको बताइएको छ। यसअघि नै सिमरा बजारमा स्थानीय युवा तथा एमाले कार्यकर्ताबीच झडप भई वातावरण तनावपूर्ण बनेको थियो।

स्थिति थप जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास सहित प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीको तैनाथी थप गरेको जनाएको छ।

यो पनि पढ्नुहोस :–

सिमरा चोकमा जेनजी र एमाले कार्यकर्ताबीच झडप, सुरक्षा कडा

बाराको जितपुर सिमरामा कफ्र्यू आदेश जारी


सम्बन्धित समाचार