३ मंसिर, काठमाडौं । बाराको सिमरास्थित विमानस्थल क्षेत्रमा जेन–जी युवा र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपपछि उत्पन्न तनाव र स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेशका कारण सिमराका लागि निर्धारित आजका सबै उडानहरू रद्द भएका छन् ।
काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएअनुसार, कर्फ्यू आदेश जारी भएपछि यो निर्णय गरिएको हो । सामान्य अवस्थामा बुद्ध एयरले दैनिक ५ वटासम्म उडान गर्दै आएको सिमरामा आज एउटा मात्र उडान सम्पन्न भएको थियो । दोस्रो उडानमा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायतका नेताहरू जाने तयारीमा थिए ।
तर, सिमरामा स्थिति नियन्त्रण बाहिर गएपछि नेताहरू चढेर जान लागेको सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको थियो। यससँगै आजका लागि बाँकी रहेका सबै उडानहरू पनि रद्द गरिएका छन् ।
यो पनि पढ्नुहोस :–
सिमरा चोकमा जेनजी र एमाले कार्यकर्ताबीच झडप, सुरक्षा कडा
बाराको जितपुर सिमरामा कफ्र्यू आदेश जारी
सिमरा विमानस्थलको गेट आक्रोशित समूहले तोड्यो, झडपपछि तनाव बढ्दै कर्फ्यू जारी















