Logo

३ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको सिमरा विमानस्थलमा बुधबार भएको घटना संवेदनशील भएको बताउँदै सरकारको ध्यानाकर्षण माग गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा आवश्यक सुरक्षा र राजनीतिक दलका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो।

पार्टी प्रवक्ता मनिष झाकाले जानकारी दिएअनुसार, कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनु पर्ने र त्यसमा सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्ने पार्टीको निष्कर्ष रहेको छ। झाकाका अनुसार, “निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार छ र सरकारले आवश्यक ध्यान दिनु आवश्यक छ।”


सम्बन्धित समाचार