Logo

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरामा आफ्नो पार्टीको युवा भेला बिथोल्न खोजिएको घटनालाई लिएर सरकारप्रति गम्भीर आक्रोश व्यक्त गरेका छन् ।

उनले सभा गर्न नदिने सरकारले आगामी निर्वाचन सफलतापूर्वक गराउन सक्छ भनेर पत्याउन नसकिने बताएका छन् । काठमाडौंमा नेकपा एमाले स्थानीय विकास विभागले बुधबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले बाराको घटनाबारे लक्षित गर्दै भने, ‘बारामा हाम्रो युवा भेला थियो ।

सिमरा एयरपोर्ट बन्द भयो। हाम्रा नेताहरू जान पाउनुभएन। जानबाट रोकियो। एयरपोर्टमै तोडफोड गर्न दिइयो। ‘५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने’ के हो यस्तो? अनि भन्छ चुनाव गर्ने रे? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ? ओलीले आफ्नो पार्टीको कार्यक्रममा जेनजी युवाहरूले गरेको अवरोधलाई राज्यले नियन्त्रण गर्न नसकेको भन्दै निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।


सम्बन्धित समाचार