४ मंसिर, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ परेका छन् । उनी अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका छन् ।
प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रसाईं पक्राउ परेपछि खड्कासहित केही युवा प्रहरी परिसरमा पुगेका थिए । सो क्रममा खड्काले अभद्र व्यवहार गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
खड्कामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ । मंगलबार नियन्त्रणमा परेका खड्कालाई बुधबार प्रशासनले म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको हो ।
यसअघि नै पक्राउ परेका दुर्गा प्रसाईं पनि अहिले सोही परिसरको हिरासतमा रहेका छन् ।















