४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनहरूलाई दृष्टिगत गर्दै विभिन्न क्षेत्रमा अध्ययन तथा रणनीति तयार गर्न तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ ।
बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले राजनीतिक अध्ययन, निर्वाचन रणनीति, र मिडिया अध्ययन सम्बन्धी कार्यदलहरू गठन गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता मनिष झाका अनुसार राजनीतिक अध्ययन कार्यदलको संयोजकमा विराजभक्त श्रेष्ठ रहेका छन् । यसमा पुकार बम, गणेश कार्की र सबै प्रदेशका सभापतिहरू (पदेन) सदस्य छन् ।
निर्वाचन रणनीति कार्यदलको संयोजकको जिम्मेवारी पार्टीका प्रवक्ता मनिष झा लाई दिइएको छ। यस कार्यदलमा विष्णुकुमार श्रेष्ठ, टीका सङ्ग्रौला (ज्वाला), पारसमणि गेलाल र प्रदेश सभापतिहरू (पदेन) सदस्य रहेका छन् । मिडिया अध्ययन कार्यदल को संयोजकमा निशा डाँगी लाई तोकिएको छ ।
यी कार्यदलहरूले निर्वाचनको तयारीका लागि आवश्यक राजनीतिक विश्लेषण, रणनीतिक योजना र मिडिया व्यवस्थापन सम्बन्धी अध्ययन गरी पार्टीलाई ठोस सुझाव दिनेछन् ।















