Logo

४ मंसिर, काठमाडौं । नेपालमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पार्टी केन्द्रीय कार्यालय मर्मत भएपछि नेकपा एमालेले पहिलोपटक सचिवालय बैठक च्यासलमा सुरु गरेको छ ।

केही बेरअघिबाट सुरु भएको यो बैठकले आगामी महाधिवेशनको तयारी र अन्य सांगठनिक विषयमा महत्त्वपूर्ण निर्णयहरू लिने तयारी गरेको छ । पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, यस सचिवालय बैठकको मुख्य एजेन्डा महाधिवेशनको तयारीलाई तीव्रता दिनु हो । गौतमले महाधिवेशनका लागि आवश्यक पर्ने उपसमितिहरू गठन गर्ने र अन्य तयारीसम्बन्धी निर्णयहरू लिने जानकारी दिएका छन् ।

जेनजी आन्दोलनको क्रममा कार्यालयको केही भागमा क्षति पुगेपछि आंशिक रूपमा सञ्चालनमा आएको च्यासलस्थित केन्द्रीय कार्यालयमा यसअघि संगठन विभाग र संसदीय दलको बैठक बसिसकेको भए पनि पार्टीको निर्णायक निकाय मानिने सचिवालयको बैठक भने यो घटनापछि पहिलोपटक बसेको हो ।


सम्बन्धित समाचार