४ मंसिर, काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावपूर्ण परिस्थिति सम्हाल्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित परिषद् सचिवालयमा सुरु भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ। बैठकमा घटनास्थलको सुरक्षा अवस्थाबारे मूल्यांकन गर्दै आवश्यक कदमबारे छलफल भइरहेको बताइएको छ।
यसअघि हिजो साँझ गृह मन्त्रालयमा पनि सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो।
बुधबार जेनजी युवाहरूले सिमरा विमानस्थलमा एमाले नेताहरूको आगमनविरुद्ध प्रर्दशन गर्दै तोडफोड तथा सडकमा आगजनी गरेका थिए। स्थिति नियन्त्रण बाहिर गएपछि प्रशासनले साँझ ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो।
आज बिहान पनि अवस्था पुनः तनावग्रस्त भएपछि कर्फ्यू दोहोर्याइएको छ।सिमराको सुरक्षा अवस्थाले गम्भीर रूप लिँदै गएपछि राष्ट्रिय मानव अधिकार आयोगले पनि ध्यानाकर्षण गराउँदै शान्ति–सुरक्षा सुदृढ गर्न सरकारलाई आग्रह गरेको छ।















