४ मंसिर,वीरगञ्ज । बाराको सिमरामा उत्पन्न तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको छ।
बाराका एसपी सन्तोष तामाङका अनुसार, जेनजी प्रदर्शनकारीहरूले कर्फ्यूको अवज्ञा गर्दै सडकमा उत्रिएपछि प्रहरीले उक्त कदम चाल्नु परेको हो।
प्रदर्शन नियन्त्रणको क्रममा एक डीएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दार घाइते भएका छन्। प्रहरीले बुधबार जेनजी युवामाथि आक्रमण गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न दबाब दिइरहेको छ।
अहिलेसम्म दुई जना वडाध्यक्षलाई पक्राउ गरिएको छ भने थप अनुसन्धान जारी रहेको बताइएको छ। स्थिति अझै तनावपूर्ण छ र प्रशासनले सुरक्षा व्यवस्था कडाइ गर्ने तयारी गरिरहेको छ।















