Logo

४ मंसिर,काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु संवैधानिक व्यवस्था विपरीत भएको दाबी गरेका छन्।

सर्वोच्च अदालतमा कानुनका विद्यार्थी अयुश बडालले दायर गरेको रिटमा जवाफ पेश गर्दै सभामुख घिमिरेले बताएका छन् कि प्रतिनिधिसभा सदस्य, विशेषगरी बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था विपरीत, राष्ट्रपति द्वारा प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बनाइएको छ।


“प्रतिनिधिसभाको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नु कानुनी शासन तथा संवैधानिक व्यवस्था प्रतिकूल भएकोले निवेदकको माग बमोजिम नै रिट जारी हुनुपर्ने देखिन्छ।”

त्यसैगरी, उनले संविधानको धारा १३२ अनुसार प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशलाई अन्य कुनै सरकारी पदमा नियुक्त गर्न नहुने व्यवस्था विपरीत कार्कीलाई प्रधानमन्त्री बनाइएको बताएका छन्।

सभामुख घिमिरेको दाबी अनुसार, पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशलाई न्यायाधीश पदबाहेक अन्य पदमा काममा लगाउनु संविधानको स्पष्ट उल्लंघन हो।


सम्बन्धित समाचार