४ मंसिर,वीरगञ्ज । बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको प्रदर्शन बिहीबार स्थगित गरिएको छ। प्रशासनले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने आश्वासन र वार्तामा बस्ने सहमती दिएपछि युवा प्रदर्शनकारहरूले प्रदर्शन स्थगित गरेको बताए।
जेनजी युवा कपिल खरेलका अनुसार, प्रहरी प्रशासन र जेनजीबीच शुक्रबार वार्ता हुने तयारी गरिएको छ।
यसअघि प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो, जसमा ६ जना प्रहरी र चार जना जेनजी घाइते भएका थिए। प्रदर्शन स्थगित भएसँगै बिहान ११ बजेदेखि अवरुद्ध रहेको यातायात सुचारु भएको छ र सिमराको अवस्था सामान्य बनेको छ।















