४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। आफ्ना बाबु दुर्गा प्रसाईँलाई गैरकानूनी थुनामा राखिएको भन्दै उनका छोराले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईँलाई थुन्नुको कारण पेश गर्न र उनलाई सर्वोच्चमा उपस्थित गराउन सम्बन्धित निकायलाई आदेश दिएको हो।
प्रसाईँलाई केही दिनअघि सार्वजनिक शान्तिमा खलल पर्ने अभिव्यक्ति दिएको आरोपमा प्रहरीको टोलीले मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। हाल उनी जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका छन्।















