५ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले आज दिउँसो २ बजे मन्त्रीपरिषद् बैठक डाक्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा सुरक्षा तथा निर्वाचनसम्बन्धी महत्वपूर्ण एजेन्डामाथि छलफल हुने बताइएको छ।
स्रोतका अनुसार, बैठकमा सेना परिचालनसम्बन्धी निर्णय हुने सम्भावना निकै धेरै छ। यसअघिको बिहीबार बसेको सुरक्षा परिषद्को बैठकले आगामी निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो।
संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मात्र सेना परिचालन गर्ने प्रावधान रहेको छ। त्यसैले आजको बैठक यस विषयमा निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।















