Logo

५ मंसिर, काठमाडौं । गायिक नितु पौडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले गिरीलाई तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएपछि उनी बुधबार हिरासतबाट छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो । गायिक नितु पौडेल गिरीकै अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेपछि प्रहरीले गिरीमाथि अनुसन्धान सुरु गरेको थियो ।

पौडेलको परिवारले प्रहरीलाई दिएको बयानमा उनीहरू दुई जनाबीच प्रेम सम्बन्ध रहेको र बाबुलले विवाह गर्न नमानेपछि नितुले आत्महत्याको कदम चालेको बताएका थिए। यसै कसुरमा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई जिल्ला अदालतको आदेशपछि धरौटीमा छाडिएको हो ।


सम्बन्धित समाचार