११ मंसिर, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा/नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहबीच आगामी मङ्सिर ७ गते औपचारिक पार्टी एकता घोषणा हुने भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढिरहेको नेसपा (नयाँ शक्ति) का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिनुभएको छ । गुरुङका अनुसार, कात्तिक २८ गते नै नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकता सहमतिमा हस्ताक्षर भइसकेको छ। घोषणासभामा यी तीन प्रमुख घटकबाहेक अन्य समूह तथा नयाँ र वैकल्पिक राजनीतिक दलहरूलाई समेत सहभागी गराउने गरी छलफल भइरहेको गुरुङले बताउनुभयो ।
यद्यपि, नेसपाले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल र जेनजीका विभिन्न समूहहरूसँग एकताका लागि छलफल जारी राखे पनि हालसम्म कुनै ठोस निष्कर्षमा नपुगेको प्रवक्ता कृष्ण शर्माले स्पष्ट पार्नुभएको छ । एकता घोषणासभामा अतिथिहरूको निमन्त्रणाबारे निर्णय लिन शुक्रबार दिउँसो बैठक बस्ने कार्यक्रम रहेको छ ।















